सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडाैं | पुस २९, २०७९

सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु

हेटौँडा:  मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकस्थित पूर्वपश्चिम सडक खण्डमा सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति ना ३९ प १४३९ न।को स्कुटर दुर्घटना भएपछि गम्भीर घाइते भएका तीन जनालाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


विपरीत तर्फबाट आइ रहेको गाडीले ठक्कर दिएर फरार भएपछि खोजी गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको थियो । चार घण्टा पछि सहमति हुँदा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 


स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरिबाट गएको प्रहरी टोलीले तीन जना गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागी चितवन पठाइएको थियो ।


दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ८ सिमपानी  बस्ने वर्ष करिब ३२ का मिलन मोक्तान र मकवानपुर राक्सिराङ गाउँपालिका ३ लावतीका वर्ष करिब ३२ का  रुपेश तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।


यस्तै मनहरी गाउँपालिका ८ सिमपानी  बस्ने वर्ष करिब ३२ का धर्मराज मोक्तान पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अवस्था गम्भीर रहेकोमा शुक्रवार बिहान ३ः३५ मा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


उक्त घट्नापछि ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीय करिब ४०÷५० जना भेलाले राजमार्ग अवरोध गरेका थिए । प्रहरीले दुर्घटनाको कारण नखुलेको, स्कुटर पूर्ण रूपमा क्षति भएका र घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको भन्दै अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

काठमाडौं:  राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ ।  वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...

थप पढ्नुहोस्

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्